विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
बुधबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
जसमा गणतन्त्र बेलारुसका राजदूत महामहिम मिखाइल कास्को, जर्जियाका राजदूत महामहिम वख्ताङ जाओशभिली, गणतन्त्र मालीका राजदूत महामहिम ब्रिगेडियर जनरल फेलिक्स डायलो, कुवेत अधिराज्यका राजदूत मेसल मुस्तफा जे अलशेमाली र गणतन्त्र अर्मेनियाका राजदूत महामहिम वाहगन अफ्यान रहेका छन्।
उक्त समारोहमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।
Facebook Comment