महिमानलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

डिसी नेपाल
१९ वैशाख २०८२ १७:३५
452
Shares

काठमाडौं । रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतको नक्कली पत्र लेखेको आरोपमा पक्राउ परेका शाखा अधिकृत महिमानसिंह विष्टमाथि चार दिनको म्याद थपिएको छ।

बुधबार पक्राउ परेका विष्टलाई शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर चार दिनको म्याद थप गरिएको हो।

विष्टले सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग गरी प्रहरी र डिल्लीबजार कारागारलाई चौधरीलाई पक्राउ गर्न आदेश दिने अनधिकृत पत्र लेखेका थिए। सो पत्रका आधारमा रेशमलाई पक्राउ गरिए पनि सर्वोच्च अदालतले पत्र अनधिकृत भएको स्पष्ट गरेपछि करिब ५ घण्टामै रिहा भएका थिए।

विष्टविरुद्ध झुट्टा सूचना प्रवाह, राष्ट्रसेवकको काममा बाधा पुर्‍याउने र कीर्तेलगायतका मुद्दामा अनुसन्धान चलिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *