सवारी दुर्घटनामा एक जनाको मृत्यु
रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहस्थित सडकमा ओडवलिया गाउँबाट कालिदहतर्फ आउँदै गरेको युपि ५५ जेट ९०५१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने महमुद खानको छोरी ७ वर्षीया जिग्रामन खातुनको आइतबार बिहान मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको लाईफ केयर पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment