कांग्रेस सभापति देउवाद्वारा बैतडी-काठमाडौं सम्पर्क समितिको भित्तेपात्रो विमोचन
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिले नयाँ वर्ष २०८२ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो विमोचन गरेका छन्।
सोमबार राजधानीमा नेपाली कांग्रेस बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिका अध्यक्ष दिवाकर बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा सभापति देउवाले भित्तेपात्रो विमोचन गरेका हुन्।
बैतडी मूल घर भएका विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली कांग्रेसका शुभचिन्तक सम्पर्क समितिमा रहेका र सोही समितिले भित्तेपात्रो प्रकाशन गरेको अध्यक्ष बोहराले बताए।
बैतडी–काठमाण्डौं सम्पर्क समितिले आफ्नो क्रियाशिलतामा भित्तेपात्रो प्रकाशन गरेको र यसले भेटघाट गर्ने अवसर मिलेकोमा सभापति देउवाले धन्यवाद व्यक्त गरेका छन्।
भित्तेपात्रो विमोचन कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश सांसद शिवराज भट्ट, महासमिति सदस्य उत्तरबहादुर ऐर, भूमी समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेश पाण्डेय, नेपाल प्रेस युनियनका केन्द्रीय लेखा समिति संयोजक पदमराज जोशी, नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशी, नेपाली कांग्रेस क्षेत्रीय सभापति विष्णुदत्त भट्टलगायतको उपस्थिती रहेको थियो।
अध्यक्ष बोहराले समितिले बैतडीबासीलाई राजधानीसँग जोड्ने काम गरिरहेको बताए। लोकतान्त्रिक विचारधारा भएका व्यक्तिलाई एकताबद्ध गर्न समिति सक्रिय रहेको उनले बताए।
युवाहरूको प्रयास निकै प्रसंसनीय रहेको बैतडी घर भएका नेविसंघका केन्द्रीय सदस्य नेता रामचन्द्र बोहराले बताए। उनले समितिले बैतडीबाट काठमाडौंमा रहेको व्यक्तिहरूलाई एकता सुत्रमा बाँध्ने काम गरेको भन्दै खुसी व्यक्त गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment