सरकारसँग नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्ने ल्याकत छैन : पूर्ण बस्नेत

डिसी नेपाल
२५ वैशाख २०८२ १७:४८
64
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारसँग संसदमा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्ने ल्याकत नभएको आरोप लगाएका छन्।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै बस्नेतले सरकारसँग नीति तथा कार्यक्रम, सहमति, सम्झौता र प्रतिबद्धता कार्यान्वयन गर्नका लागि आवश्यक इमान्दारीता, अठोट र ल्याकत नभएको धारणा राखेका छन्।

‘संविधानमा प्रत्याभूत भएका व्यवस्थासमेत कार्यान्वयन हुन सकेका छैनन्। हरेक वर्ष सरकारले ल्याउने नीति तथा कार्यक्रमको औचित्य केही छैन। पटकपटक शासनसत्ताको बागडोर हातमा लिएर मुलुकको अर्थतन्त्र तहसनहस बनाइएको छ’, यथार्थ यहि न हो,’ बस्नेतले भने।

शासकका लागि नीति तथा कार्यक्रम जनतालाई दिग्भ्रमीत पारेर शासनसत्ता लम्ब्याउने र राज्यको स्रोत दोहन गर्ने एउटा माध्यम बनेको उनको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *