सरकारले भन्यो- नेपाल आतंकवादविरूद्धको लडाइँमा सबैसँग एकजुट छ
काठमाडौं । सरकारले नेपाल आतंकवादविरूद्धको लडाइँमा सबैसँग एकजुट रहेको जनाएको छ।
बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत-पाकिस्तानबीच जारी तनावको विषयमा नेपाल सबै खाले आतंकवादका विरूद्धमा रहेको जनाएको होर
‘नेपालले सबै प्रकारका आतंकवाद विरूद्धको आफ्नो दृढ अडान अनुसार तत्काल र स्पष्ट रूपमा सो बर्बर आतंकवादी हमलाको निन्दा गरेको थियो। नेपाल आतंकवादविरूद्धको लडाइँमा सबैसँग एकजुट छ। यो सैद्धान्तिक अडानअनुसार नेपालले कुनै पनि विरोधी शक्तिलाई आफ्ना छिमेकी राष्ट्रविरूद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन,’ विज्ञप्तिमा भनिएको छ।
नेपाल दिगो शान्ति र स्थायित्वमा आफू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
भारत र पाकिस्तानबीच चुलिएको तनावलाई लिएर आज नेपाल सरकारको औपचारिक धारणा सार्वजनिक भएको हो।








डिसी नेपाल







Facebook Comment