मन्त्रिपरिषद् बैठक सुरू

डिसी नेपाल
२५ वैशाख २०८२ २०:१३
344
Shares

काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा झन्डै तीन घन्टा ढिलो गरी मन्त्रिपरिषद् बैठक सुरू भएको हो।

साँझ ५ः०० बजेको बोलाइएको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर चयन गर्ने सम्भावना रहेको बुझिएको छ।

सोअघि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो।

सो भेटवार्तामा एमालेवाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेल र संक्रमणकालिन न्याय सल्लाहकार अग्निप्रसाद खरेल तथा गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणालगायतको उपस्थित थियो ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने सम्भावना रहेको भनिएको मन्त्रिपरिषद बैठक अघि यो भेट भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *