‘गभर्नर नियुक्ति हुन नसक्नुमा ओली-देउवा दोषी’

डिसी नेपाल
२६ वैशाख २०८२ १३:४०
180
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा होली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका हुन्।

उनले भने,‘एउटा गभर्नरको नियुक्ति गर्न नसक्ने सरकार त्यो काम त एउटा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने हो। तर दुई दलको भागबण्डाको झगडाले अहिलेसम्म पुगेन। त्यसको आर्थिक असर कति पर्छ बैंकहरुसँगै पुरै आर्थिक क्षेत्रमा सरकारलाई मतलब छैन। मतलब त आफ्नो कार्यकर्ता राख्ने र आर्थिक क्षेत्रलाई कब्जा गर्ने भन्ने छ अर्कोलाई पनि त्यही छ। यो कार्यकर्ताको देश हो कि नेपाली जनताको पनि देश हो ? दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त त पारे दुई नै देशलाई ध्वस्त पार्न सहमतिमा छन्। हामी राजा जस्तै अगाडि पछाडी गाडि लिएर घुमौ। गभर्नरको नियुक्ति नगरेकोमा सरकारको प्रधानमन्त्री र सत्तापक्षका सभापति दुईटै यसमा दोषी छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *