प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

डिसी नेपाल
२६ वैशाख २०८२ १५:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवकोले आज भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेट भएको हो।

भेटमा भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भारतको पहलगाममा गत २२ अप्रिलमा आतंकवादी आक्रमणका भएको थियो। उक्त घटनामा एक नेपालीसहित २८ जनाले ज्यान गुमाएका थिए।

श्रीवास्तवले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरे पनि जेट हमला गरेको भन्ने प्रचार झुटो भएको बताए थिए।

राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको पनि सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरेका थिए।

नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रधानमन्त्रीले स्पष्ट गरेको ओलीको सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *