सरकारले भन्यो- पाकिस्तानमा रहेका नेपाली निरन्तर सम्पर्कमा छन्

डिसी नेपाल
२६ वैशाख २०८२ १८:०१
52
Shares

काठमाडौं । सरकारले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा नेपाली नागरिक निरन्तर सम्पर्कमै रहेको जनाएको छ।

भारत र पाकिस्तानबीच तनाव बढिरहँदा त्यहाँ रहेका नेपाली सरकारको सम्पर्कमा रहेको सरकारको धारणा आएको हो।

परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको छ।

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ। यसको निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परे सम्पर्क गर्न सक्ने गरी दूतावासका कर्मचारीलार्य जिम्मेवारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *