लिना राईको स्वर रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक
काठमाडौं। संगीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक भएको छ। गीतमा बेलायतमा बस्दै आएका गीतकार विनोद सुवेदीको शब्द छ।
गीतको भिडियोमा रमेश विश्वकर्मा र करिश्मा केसीले अभिनय गरेका छन्। यी दुवै कलाकारको यो पहिलो सहकार्य हो। रमेश यसअघि धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने करिश्माको लागि यो डेब्यू भिडियो हो।
दोलालघाटमा छायांकन गरिएको भिडियोमा राजु बस्नेतको निर्देशन र सम्पादन छ । भिडियोमा आभेश बज्राचार्यको छायांकन, केबिका खत्रीको कोरियोग्राफी र कृष्णमान तामाङको कला निर्देशन छ ।
भिडियो विनोद सुवेदीको अफिसियल युट्युब च्यानल विनोद सुवेदीबाट सार्वजनिक गरिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment