समाजवादी महिला संघको राष्ट्रिय महाधिवेशन आज

डिसी नेपाल
२७ वैशाख २०८२ १०:०५
48
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ, नेपालले केन्द्रीय समितिको प्रथम राष्ट्रिय महाधिवेशन गर्न लागेको छ।

शनिबार मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र निधी सांस्कृतिक भवनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिनको १ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं महिला संघकी केन्द्रीय अध्यक्ष निर्मला यादवले जानकारी दिएकी छन्।

उनका अनुसार महाधिवेशनमा सातै प्रदेश समितिबाट करिब तीन सय प्रतिनिधिहरू सहभागी हुनेछन्।

उद्घाटन सत्रको कार्यक्रमलाई पार्टीका महासचिव एवं मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, पार्टीका उपमहासचिव रेखा यादव, सचिव लिला सिटौला, कोषाध्यक्ष सुरिताकुमारी साहलगायतका नेताहरुले सम्बोधन गर्ने अध्यक्ष यादवले बताइन्।

आइतबार हुने महाधिवेशनको बन्द सत्रबाट संघको नयाँ नेतृत्व निर्वाचित हुने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *