प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्नेमा अर्थमन्त्री दृढ हुनुपर्छ : प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्ने कुरामा अर्थमन्त्री दृढताका साथ खडा हुनुपर्ने बताएका छन्।
आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले अहिले बजेट बिनियोजनको कार्यान्वयनमा समस्या देखिएको भन्दै आगामी बर्षको बजेटलाई प्राथमिकताका आधारमा बिनियोजन गर्ने कुरामा अर्थमन्त्री दृढताका साथ खडा हुनुपर्ने बताएका हुन्।
बिनियोजन ठिक ढंगले नहुदा खर्च गर्नुपर्ने ठाँउमा खर्च गर्न नसकिएको र खर्च गर्न नपर्ने ठाँउमा अनावश्यक खर्च भइरहेको उनले बताए। उनले विभिन्न आयोजनाका नाममा थोरै थोरै रकम बाड्ने प्रवृतिलाई रोक्नुपर्ने सुझाव दिए।
महतले सिमित स्रोत साधनको दुरुपयोग नहुने अवस्था र त्यसको प्रभावकारी कार्यान्वयनका साथै प्रतिफल सुनिश्चित गर्ने अवस्था सिर्जना गर्न सरकारले गम्भीर गृहकार्य गर्नुपर्ने बताए।







डिसी नेपाल







Facebook Comment