सरकारको नीति तथा कार्यक्रममा नीति मात्र आयो, यसरी जनताले दु:ख पाउँछन् : वर्षमान पुन

डिसी नेपाल
२८ वैशाख २०८२ १८:३७
64
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री बर्षमान पुनले सरकारको नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो देखिएको बतएका छन्।

आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले ठूला दलबीचको गठबन्धका कारण नीति एकतिरबाट र कार्यक्रम अर्कोतर्फबाट ल्याउनुपर्ने अप्ठेरो सरकारलाई देखिएको समेत बताए।

उनले सरकारको नीति तथा कार्यक्रममा, नीति मात्रै आएको र आर्थिक बर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कार्यक्रममात्रै आएको टिप्पणी गरे। नीति तथा कार्यक्रम र सिद्धान्त हेर्दा सरकार नै अलमलमा परेको भन्दै पुनले गठबन्धन सरकार लामो समय अघि बढ्ला जस्तो आफूलाई नलागेको उनले बताए। उनले सरकार निरन्तर अघि बढे देश र जनताले दु:ख पाउने धारणा राखे।

पुनले नीति तथा कार्यक्रममाथि उठेका विषयमा प्रधानमन्त्री गम्भीर नदेखिएको बताए। उनले अवको बजेट पनि कामचलाउ जस्तो आउने आशंका देखिएको उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *