बजेटका प्राथमिकता र सिद्धान्त जनताका निराशा चिर्ने खालका : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नागरिकमा देखिएका निराशालाई चिर्नेगरि बजेटका प्राथमिकता र सिद्धान्त आएको बताएका छन्।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले जनतामा सकारात्मक भावना जागृत गर्दै निराशाहरू चिर्ने गरि बजेटका प्राथमिकता र सिद्धान्त आएको बताएका हुन्।
उद्यमशीलताको प्रवर्द्धन, लगानीमैत्री वातावरण बनाउने विषयमा सरकारले विशेष ध्यान दिएको उनले बताए।
बर्तौलाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रोत्साहित गर्ने, वैदेशिक लगानी वृद्धि गर्दै औधोगिकरणको विकासदेखि रोजगारी प्रवर्द्धन लगायतका पाटोलाई सरकारले विशेष ख्याल गरेको दाबी गरे।
त्यस्तै उनले सरकारले बजेटका प्राथमिकता र सिद्धान्तमार्फत सुशासनलाई प्रवर्द्धन र नागरिकका लागि राज्यले प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन खोजेको देखिएको उल्लेख गरे।
उनले अर्थतन्त्रको सीमा र चापभित्र रहेर सरकारले खास खास योजनालाई प्राथमिकता दिनेगरि अगाडी बढाउन खोजेको बताए।







डिसी नेपाल







Facebook Comment