प्रत्यक्ष वार्ता गर्न युक्रेन र रूस दुवै तयार, टर्कीमा वार्ता हुने

डिसी नेपाल
२९ वैशाख २०८२ १४:५८
84
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न बिहीबार टर्कीको इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग “व्यक्तिगत रूपमा” वार्ता गर्न तयार रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई माग गर्दा एक्समा उनले यो बयान दिएका हुन्।

“अब अरु ज्यान गुमाउनुको कुनै अर्थ छैन। म आफैं बिहीबार टर्किएमा पुटिनको प्रतीक्षा गर्नेछु,” जेलेन्स्कीले एक्समा लेखे।

जेलेन्स्कीले पहिले नै स्पष्ट गरिसकेका छन् कि युक्रेन रुससँग वार्ता गर्न तयार छ, तर यसको लागि पहिलो शर्त भनेको पहिले युद्धविराम लागू हुनुपर्छ।

ट्रम्पको बयानपछि पुटिनले प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमा पोस्ट गरेका थिए कि युक्रेनले यो प्रस्ताव तुरुन्तै स्वीकार गर्नुपर्छ, ताकि शान्ति सम्झौताको सम्भावना छ कि छैन भन्ने कुरा स्पष्ट होस्।

उनले लेखे, “कम्तिमा सम्झौता हुन सक्छ कि सक्दैन भनेर थाहा हुनेछ। यदि भएन भने, अमेरिका र युरोपेली देशहरूले अब के गर्नुपर्छ भनेर थाहा पाउनेछन्। अहिले नै वार्ता गर्नुहोस्।”

शनिबार राति, रूसी राष्ट्रपति पुटिनले युक्रेनलाई “गम्भीर वार्ता” को लागि आमन्त्रित गरे। रुस-युक्रेन युद्ध सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *