संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

डिसी नेपाल
३० वैशाख २०८२ ६:१७
16
Shares
काठमाडौं। संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ। यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ।
संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *