मिश्र र प्रसाईंले थप पाँच दिन हिरासतमा बस्नु पर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थप पाँच दिन हिरासतमा बस्नु पर्ने भएको छ।
उनीसँगै बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलगायत पनि थप पाँच दिन हिरासत बस्ने भएका हुन्।
काठमाडौं जिल्ला अदालतले प्रहरीलाई थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राख्ने अनुमति दिएको हो।
उनीहरू माथि राज्यविरूद्धको कसुर र संगठित अपराध मुद्दा चलिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment