प्रतिनिधिसभा र संसद्का चार समितिको बैठक आज, के-के छन् कार्यसूची?

डिसी नेपाल
३० भदौ २०८३ ६:०१

काठमाडौं।  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्ने भएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा दुई मन्त्रालय-परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (तथा सङ्घीय मामिला)—सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको छ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ।

प्रतिनिधिसभा बैठकका साथै आज संसद्का विभिन्न चार वटा विषयगत समितिहरूको बैठक पनि बस्दैछ। जसमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति, र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *