कावासोती नगरपालिकाभित्र भ्रष्टाचार भएको भन्दै कारबाहीको माग
नवलपरासी । कावासोती नगरपालिकाभित्र भ्रष्टाचार भएको भन्दै कारबाहीको माग गरिएको छ। विभिन्न राजनीतिक दल तथा सामाजिक संस्थाका प्रतिनिधिले नगरपालिका भित्र रहेका भ्रष्टाचार र ब्यतिथि भएको भन्दै कारवाहीको माग गरेका हुन्।
कावासोती नगर प्रमुख विष्णुप्रसाद भुषाललाई संयुक्त ज्ञापन पत्र बुझाउँदै उनीहरू ध्यानाकर्षण गराएका हुन्।
स्थानीय युवासहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी नयाँ शक्ति, भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान, नागरिक बचाऊ अभियानका प्रतिनिधिले बुझाएको ज्ञापन पत्रमा लेखिएको छ, ‘बिना सूचना, बिना प्रतिस्पर्धा, निजामति सेवा ऐन, नियमावली, कानुन कार्यविधि र निर्देशिका बमेजिम नगरी नेपाली जनताको सूचनाको हकलाई लत्याएर आर्थिक चलखेल गरी ठूला संख्यामा सोझै नियुक्ति दिइ हाजिर गराई तलबभत्ता दिने काम गरिएको प्रति घोर भर्त्सना गरिन्छ।’
नगरपालिकाको सुरक्षा आप्रवासन परियोजना (एसएएमआई)अन्तर्गत कर्मचारी भर्ना गर्दा नगरपालिकाले अपनाउनु पर्ने ऐन, नियम, कार्यविधि र प्रकृयागत अगाडि बढ्न पनि सुझाव दिएका छन्।
नगरको प्रमुख प्रशासकिय अधिकृत र संस्थाका कर्मचारीको सामूहिक रूपमा नियुक्ति दिलाई कर्मचारी भर्ना गरिएको भन्दै विरोध गरेका हुन्।
जिल्ला प्रशासन नवलपरासी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल बोधार्थ रहेको ज्ञापन-पत्रमा तत्काल ति कर्मचारीहरूको नियुक्ति खारेज गरी पुनः नीति नियम, प्रक्रियाद्वारा अर्को सूचना टाँस गरी कर्मचारी नियुक्ति गर्नुपर्ने मागको उल्लेख छ।
त्यसैगरी नगरपालिकामा सुचारू भएको ‘सहरी शासकीय परियोजना’ अन्तर्गतको बजेटद्वाधारा निर्माण समाग्री खरिद प्रक्रियामा कमिशनको खेलमा लागि निर्माण सामाग्री खरिद नगरी सोझै २० लाख रुपैयाँको अनियमितता गरी भ्रष्टाचार गरेको तथ्यबारे मिति २०८२ वैशाख १४ गते नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले उक्त भ्रष्टाचार गरेको सत्य तथ्य बारे प्रश्न उठाई छानविनको माग गरेको थियो।


No ads found for this position



डिसी नेपाल
Facebook Comment