सहकारी ठगी प्रकरण

कांग्रेस सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश

डिसी नेपाल
३१ वैशाख २०८२ १७:४७

काठमाडौं। सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उनलाई उनलाई पक्राउ गरिएको थियो। सांसद राईले कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा सदस्य र सहसचिव भएर काम गरेकी थिइन्।

उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ। मंगलबार सरकारी वकिलले उनीविरुद्ध ३७ लाख ३५ हजार बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *