प्रधानमन्त्रीसँग राष्ट्रसंघीय अधिकारीको भेट
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिंह अलिस्जाहबानाले बिहीबार शिष्टाचार भेट गरेकी छन्।
भेटका अवसरमा अलिस्जाहबानाले नेपालले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादको सफलताको कामना गर्दै वातावरणीय मुद्दामा नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने विश्वास दिलाइन्।
प्रधानमन्त्री ओलीले सगरमाथाको मुलुक नेपालको अग्रसरतामा वातावरणीय महत्त्वबारे विश्वलाई गम्भीररूपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको जानकारी गराए। भेटका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रका आवासीय प्रतिनिधि हाना सिङ्गर र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment