छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

डिसी नेपाल
२ जेठ २०८२ १३:१३

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन्।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ बसन्तपुरस्थित सडकमा बीएबी ९५९९ नम्बरको कारको ठक्करबाट पैदलयात्रीहरू सोही ठाउँ बस्ने ६० वर्षीया शान्ता खत्री र ६० वर्षीया तिल कुमारी रायमाझीको शुक्रबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ लोखडियास्थित सडकमा लु.१ ज ४७२० नम्बरको पिकअप र यूपी ५३ डीएक्स ५२१४ नम्बरको कार एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा कारमा सवार भारत सिद्धार्थनगर ग्राम शिवपति नगर बस्ने ३७ वर्षीय कृष्ण चन्द्र मौर्य र पिकअपमा सवार मायादेवी गाउँपालिका-४ सेमरी बस्ने २२ वर्षीय राहुल पाण्डेको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका कार चालक समेत कारमा सवार २ जना र पिकअपमा सवार २ जनाको मेडिकल कलेज भैरहवा तथा पिकअपमा सवार १ जनाको स्थानीय लाईफ केयर अस्पताल लुम्बिनीमा उपचार भइरहेको छ।

बर्दियाको गेरूवा गाउँपालिका-५ झबहीस्थित सडकमा से.२ प ५१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया चुलादेवी थारूको बिहीबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको उर्लाबारी नगरपालिका-३ पुरानो मंगलबारेस्थित सडकमा ग.६ प ५०२६ नम्बरको मोटरसाइकललाई ना.५ ख २१८७ नम्बरको ट्याङ्करले बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका-९ बस्ने ३६ वर्षीय मन कुमार लिम्बुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहाको धनगढीमाई नगरपालिका-११ छपरारी चोकस्थित सडकमा स.९ प ८६४० नम्बरको मोटरसाइकलको ठककरबाट साइकलयात्री सोही नगरपालिका-३ बेनौली बस्ने ६५ वर्षीय गेमिलाल यादवको बिहीबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *