वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर (फोटो फिचर)

डिसी नेपाल
३ जेठ २०८२ १७:२९

वीरेन्द्रनगर। सुर्खेतको वीरेन्द्रनगरमा ढकमक्क फूलेका गुलमोहरले आन्तरिक पर्यटक बढाइरहेका छन्। अरुबेला सुनसान जस्तै देखिने घण्टाघरदेखि नगरपालिका जाने बाटो र घण्टाघर पार्कमा गुलमोहरसंगै फोटो खिच्नेको भीड लाग्ने गरेको छ। गुलमोहरले वीरेन्द्रनगरको शोभा बढाएको छ।

गुलमोहोरको पृष्ठभूमिमा पैसा लिएर फोटो/भिडियो खिचिदिने व्यवसायिक फोटोग्राफरले समेत राम्रो आम्दानी गरिरहेका छन्। उनीहरुले प्रतिफोटो २० रुपैयाँ र भिडियोको ५० रुपैयाँ लिने गरेका छन्।

तस्विरहरु




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *