तीनसय ९५ जनाले गरे सगरमाथा आरोहण
काठमाडौं। वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन्।
पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन्। शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन्।
हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन्। सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन्।
यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए।
प्रतिक्रिया
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment