देशमा सुशासन आवश्यक छ : तामाङ
मकवानपुर। बागमती प्रदेशसभा राप्रपा सदस्य डम्बर तामाङले प्रदेश संरचनाको देशमा सुशासन आवश्यक रहेको बताएका छन्।
बसेको प्रदेश सभाको बैठकमा बोल्नुहुँदै उनले यस्तो बताएका हुन्। उनले किसानलाई अहिले गणतन्त्र नभइ मल चाहिएको, जनतालाई गणतन्त्र नभइ सुशासन र सहकारी पीडितलाई गणतन्त्र नभइ पैसा फिर्ता चाहिएको बताए।
उनले जनभावना र मानिसका आस्थालाई प्रहार नगर्न चेतावनी दिए। उनले परिवर्तनका नाममा जहाज हाइज्याक गर्ने, आपराधिक घटनाहरू धेरै भएको भन्दै अब देश लुट्ने काम भइरहेको बताए।
सांसद तामाङले आस्थालाई दबाउन शक्ति प्रयोग भए जनताले सुविधा नपाउने बताए। शान्तिपूर्ण तवरले निकास निकाल्नुपर्ने बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment