इङ्गल्याण्ड भ्रमणका लागि भारतको अन्डर-१९ क्रिकेट टोलीको घोषणा
काठमाडौं । इङ्ग्ल्याण्ड भ्रमणका लागि भारतको अन्डर-१९ क्रिकेट टोलीको घोषणा गरिएको छ। आयुष म्हात्रे टोलीको कप्तान हुनेछन्।
भारतीय क्रिकेट नियन्त्रण बोर्डका अनुसार जुन २४ देखि सुरु हुने भ्रमणमा अभ्यास खेल बाहेक भारतीय टोलीले पाँच एकदिवसीय खेल र एक बहु-दिवसीय खेल पनि खेल्नेछ।
आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका वैभव सूर्यवंशीलाई पनि टोलीमा समावेश गरिएको छ। अभिज्ञान कुन्डु टोलीको उपकप्तान हुनेछन्।
टोली यस प्रकार छ- आयुष म्हात्रे, वैभव सूर्यवंशी, विहान मल्होत्रा, एम चावडा, राहुल कुमार, अभिज्ञान कुण्डु, हरवंश सिंह, कनिष्क चौहान, खिलन पटेल, हेनिल पटेल, युधाजित गुहा, प्रणव राघवेन्द्र, मोहम्मद इन्नान, आदित्य राणा, अमोलजीत सिंह।
यु-१९ टोलीले इङ्ल्यान्ड भ्रमणमा जुलाई २३ मा आफ्नो अन्तिम खेल खेल्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment