चितवनमा मोडिफाई गरिएको ४३ वटा मोटरसाइकल नियन्त्रणमा

डिसी नेपाल
९ जेठ २०८२ ६:३४

चितवन। चितवन प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा मातहत प्रहरी टोलीको संयुक्त सक्रियतामा ती सवारीसाधनहरू नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार बिभिन्न कम्पनीबाट निर्माण भई बिक्री वितरणमा आइसकेका मोटरसाइकलहरूलाई सवारीधनी तथा चालकहरूले आफूखुसी परिवर्तन गरी ठूला आवाज निकाल्ने साइलेंसर जडान, हेन्डल र लाइट परिवर्तन तथा प्रेसर हर्न जस्ता सामाग्री थपेका थिए।

यस्ता परिमार्जनहरूले ध्वनि प्रदूषणका साथै सडक सुरक्षामा समेत प्रतिकूल असर पुर्‍याउने भएकाले नियन्त्रणमा लिइएको जनाइएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनलाई पुनः पूर्ववतरूपमा ल्याउन लगाइएको छ।

साथै, सवारी चालकहरूलाई ट्राफिक तथा कानुनी सचेतनामूलक कक्षा गराई, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना तिराएर छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनाले जानकारी दिए।

प्रहरीले यस किसिमका अवैध परिमार्जन गर्ने कार्यविरुद्ध निगरानी बढाइएको समेत जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *