राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दै

डिसी नेपाल
१३ जेठ २०८२ ७:०७
104
Shares

काठमाडौं।  राप्रपा नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले  आन्दोलन सम्बन्धि रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

‘बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु काठमाडौं आई पुगिसक्नुभएको छ, आउन मंगलबार बिहान आई पुग्नुहुन्छ,’ बर्तौलाले भने।

अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय, संगठन  र आर्थिक लगायतका प्रतिबेदन पेश हुने छैनन्, आन्दोलन केन्द्रित बिषयमा मात्र छलफल हुने पार्टीले जनाएको छ।

जेठ १५ गतेको आन्दोलनलाई ब्यबस्थित, प्रभाबकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *