सरकारले गार्मेन्ट उद्योगलाई सहयोग गरेन : उपाध्यक्ष ढकाल

डिसी नेपाल
१३ जेठ २०८२ १६:४४
80
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल सरकारले उद्योगलाई पर्‍याप्त सहयोग नगरेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बंगलादेश सरकारले गार्मेन्ट उद्योगलाई सहयोग गर्ने गरेको तर नेपाल यसका विपरित भएको भन्दै सरकारबाट पर्याप्त सहयोग नपाएकोले, धेरै गार्मेन्ट उद्योग बन्द भएको बताए।

उनले भने, ‘नेपालको गार्मेन्ट र बंगलादेशको गार्मेन्ट उद्योग ८० को दशकको सुरुवाततिर सुरु भएको थियो। बंगलादेश सरकार अमेरिका र चीनपछि विकसित देशपछि दोस्रो उच्चतम स्थानमा छ। बंगलादेशमा भुइँ गार्मेन्ट उद्योगलाई सबैको सहयोग छ। तर नेपालको मामिलामा यसको विपरीत छ। मेरो आफ्नै भाइले पनि नेपालको पूर्वी भागमा सबैभन्दा ठूलो तयारी गार्मेन्ट उद्योग खोल्नु भएको थियो। तर, धेरै कारणहरू तथा विशेषगरी सरकारबाट पर्याप्त सहयोग नपाएकाले अहिले बन्द छ।’

यस्तै, उनले कोभिडपछि नेपालको अर्थतन्त्र स्थिरतामा गएको भन्दै अहिले निजी क्षेत्रको पहलमा बन्द कारखानाहरू खोल्ने र व्यवसायलाई प्रवद्र्धन गर्ने मौका रहेको पनि बताए।

स्थिर नीति र डिजिटल अर्थतन्त्र ल्याउनको लागि पहल गरिरहेको भन्दै यसले औपचारिक व्यापार बढाउन सहयोग गर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *