एमालेले भन्यो- गृहमन्त्रीको राजीनामा माग्नु गलत

डिसी नेपाल
१३ जेठ २०८२ १७:४८
480
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन्।

संसद बैठक स्थगित भएपछि मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारवाहीसमेत भएको अवस्थामा कर्मचारीसंग जोडेर मन्त्रीलाई जवाफदेही बनाउने काम उचित नभएको समेत बताए।

राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरी विपक्षी दलका केही सांसदहरूले अभिव्यक्ति दिएको उनले बताए। बर्तौलाले राज्यका अंगहरूले स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनेको भन्दै बिभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानविन गर्ने गरि प्रक्रिया अघि बढाएको धारणा राखे।

उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीलाई कारबाही गर्नुपर्नेमा एमाले दृढ रहे पनि अहिले नै हतारमा कसैलाई दोषि देखाउने काम उचित नभएको बताए।

बर्तौलाले वर्तमान सरकार गठन भएपनि कानूनले काम गरेको र सुशासन प्रवद्र्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषि देखिए उन्मुक्ति नपाउने स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *