गृहमन्त्रीको पक्ष र विपक्षमा सांसदहरू

डिसी नेपाल
१३ जेठ २०८२ १८:१८
364
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसाको नाममा लुट्ने काम २०६४ सालदेखि नै सुरु भएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उनले २०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगरीमा महिलाहरुलाई बन्देज गरेपछि सुरु भएको भिजिट भिसाको सञ्जाल ठूलो रहेको भन्दै यो कुनै राजनीतिक संरक्षक बिना सम्भव नभएको बताए।

उनले भने, ‘किन लुट्नु भयो भन्ने कुरा मात्र हो। कर्मचारीप्रति कुनै सरोकार छैन्। तपाई(गृहमन्त्री)जिम्मेवारीको प्रश्न छ। यो विषय अहिले आएर उब्जिएको एउटा कथा मात्र हो। तर, नेपालमा यो चलिरहेको थियो। २०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगारीमा जान महिलाहरुलाई जुन किसिमको बन्देज गरियो, त्यसपछि लुटेराहरुले संजाल नै बनाएर लुट्न सुरु गरेका हुन्। यसमा राजनीतिक संरक्षण छ।’

यस्तै, नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीले पठाएको एउटा कर्मचारीले गरेको बद्मासीको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कुरा जायज नभएको बताए। अख्तियारमा मुद्दा परेकै भरमा राजीनामा दिने परम्पराको विकास गर्न नहुने बताए।

उनले भने, ‘गृहमन्त्रीले पठाएको एक कर्मचारीले गरेको बद्मासीका आधारमा गृहमन्त्रीले राजीनामा दिुपर्छ भन्ने कुरा जायज छैन। अख्तियारमा मुद्दा परेकै भरमा राजीनामा दिने परम्पराको विकास गरिनु राम्रो भएन। यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल हुँदा एक जना मुख्यसचिवलाई अख्तियारले मुद्दा चलायो, प्रधानमन्त्रीले राजीनामा दिए त?’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *