बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने ४४ वर्षीय महेश्वर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत भक्तपुरको २०८१ मंसिर २६ गतेको फैसलाले ५ दिन कैद, ६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा क्षतिपूर्तिवापत २४ हजार रूपैयाँ ठहर भई फरार रहेका थिए।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–३ भेलुखेलबाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment