प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखायो : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाएको बताएका छन्।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाएको बताएका हुन्।
उनले आफूमाथि लागेको आरोपका सन्दर्भमा गृहमन्त्रीले सदनमा आफ्नो धारणा राख्न पाउनुपर्ने जिकिर गरे। बर्तौलाले सरकारलाई रोष्टममा पुग्नका लागि नाकाबन्दी लगाउने प्रतिपक्षीको कार्यशैली दुखद् रहेको भन्दै स्वीकार्य नहुने धारणा राखे।
उनले सत्तापक्षका सांसदलाई समेत जनसरोकारका मुद्दामा बोल्न नदिनु उचित नभएको बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment