आमा छोरी मृत फेला
किमाथाङ्का (सङ्खुवासभा) । यहाँको चैनपुर नगरपालिका–११ लुहाकोटमा आमा छोरी मृत भेटिएका छन्।
आज दिउँसो करिब १ बजे सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफनै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
घटनाको कारण खुल्न नसकेको प्रनाउ बस्नेतले बताउनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment