दुई जना मृत फेला

डिसी नेपाल
१७ जेठ २०८२ १६:३६
7.5k
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा पुरुष र महिला गरी दुई जना मृत फेला परेका छन्।

बाँकेको कोहलपुर नगरपालिका-१२ दाउना चोकस्थित दलित सामुदायिक वनको भवनको पछाडी पट्टीको साइडमा परिचय नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

दाङको गढवा गाउँपालिका-५ धर्मपुर बस्ने ५५ वर्षीया मनकुरी चौधरी सोही ठाउँस्थित तरकारी बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *