यार्सागुम्बासहित एक जना पक्राउ

डिसी नेपाल
२१ जेठ २०८२ १०:१९

काठमाडौं । सङ्खुवासभामा यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ऐनबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

हिजो खाँदबारी–३ सुमनचौकमा जाँच गर्ने क्रममा लुकाइ-छिपाइ ल्याएको एक किलो ६ सय ७० ग्राम अवैध यार्सागुम्बासहित शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका शाहीलाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *