पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

डिसी नेपाल
२१ जेठ २०८२ १२:२१
628
Shares

किमाथाङ्का (सङ्खुवासभा) । जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ। मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो।

शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए। उनका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन।

माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ। पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन्। केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा दुई सय ५० घरमा विद्य्त् आपूर्ति बन्द भएको छ। बाढीले भोटखोला–३ का दुईवटा हाइड्रोपावर बगाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *