सकारात्मक सोच र आत्मविश्वासको ज्योति

तोमनाथ उप्रेती
२५ जेठ २०८२ ९:४४

सकारात्मक सोच र आत्मविश्वास मानव जीवनको महान् शक्ति हुन्। यी दुई गुणले व्यक्ति भित्र अद्भुत उर्जा भर्छन्, जसले जीवनका कठिनाइहरूलाई पनि सहज बनाउँछ।

सकारात्मक सोचले हरेक परिस्थितिमा आशाको किरण देख्न सहयोग गर्छ र आत्मविश्वासले त्यो आशालाई यथार्थमा बदल्ने साहस दिन्छ।जब मानिसले आफूमाथि विश्वास गर्छ, ऊ कुनै पनि चुनौती सामना गर्न तयार हुन्छ।

आत्मविश्वासी व्यक्ति असफलतालाई पनि सिकाइको अवसरको रूपमा लिन्छ। उ निराश हुँदैन बरु अझ दृढ भएर अगाडि बढ्छ। त्यसैगरी, सकारात्मक सोचले नकारात्मक विचारहरू हटाउँदै जीवनप्रति सकारात्मक दृष्टिकोण दिन्छ।

जोसँग सकारात्मक सोच छ  ऊ नै सफलताको शिखर चुम्दछ । जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर दिन गुजार्छ ।सकारात्मक सोच भएका व्यक्तिहरु कयौँ गुणा छिटो आफ्नो लक्षित गन्तव्यमा पुग्दछन्।

हरेक कुरालाई सकारात्क नजरले हेर्नु नै सकारात्मक सोच हो । सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र उर्जा सिर्जना गर्दछ। मानिसको स्वाभिमानमा वृद्धि, नेतृत्वको विकास, व्यवसायमा वृद्धि, संगठनको प्रगति सबै सकारात्मक सोचका उपज हुन्।

शंका वा सोचाईका कारण मानिसको मनभित्र नकारात्मक सोच लाग्न सक्छ। नकारात्मक सोचाईको नकारात्मक परिमाण आउन सक्छ । दोषजति अर्काकै टाउकोमा खन्याईरहन सजिलो मानिएको घर परिवार, समाज, देश सबैतिर सकरात्मक सोचहरु आउनुपर्छ।

मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ। मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ। त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ। जबसम्म सोच परिवर्तन गरिदैन, तबसम्म ब्यवहार अनि जीवन, जगत परिवर्तन असम्भव नै रहन्छ।

देशमा नेतृत्वमा पुगेका ब्याक्तिमा सकारात्मक धारणा हुनुपर्छ। सकारात्मक सोचले राम्रो परिमाण ल्याउछ । घर परिवार,समाज सबै ठाउँहरुमा सकारात्मक सोचको विकास गर्नुहोस यसले जीवन र जगतलाई सुन्दर बनाउँछ।

राम्रो सोचाइ राखेमा व्यक्ति, समाज र मुलुक विकास हुन्छ भन्ने बुझाई मानिसहरूमा रहेको छ । जो कोहीसँग असल व्यवहार गर्नुपर्छ। जिम्मेवारी सम्झेर सोच, विचार, योजना र कार्यको सम्बन्धमा आशावादी र सकारात्मकता वादलाई प्रमुख हतियारको रूपमा प्रयोग गर्दछ।

सकारात्मक मनोवृत्ति जीवनको एक अमूल्य सम्पत्ति हो, जसले व्यक्तिलाई कठिन परिस्थितिमा पनि अग्रसर गराउँछ। सकारात्मक सोच राख्ने व्यक्ति समस्याभन्दा समाधान खोज्नमा केन्द्रित हुन्छ। उसले असफलतालाई अन्त्य होइन, नयाँ सुरुवातको अवसरको रूपमा लिन्छ।

जीवनमा सफलता प्राप्त गर्नका लागि ज्ञान, सीप र अवसर महत्त्वपूर्ण छन्, तर सकारात्मक मनोवृत्ति नै ती सबैलाई दिशा दिने शक्ति हो। सकारात्मकता बिना आत्मबल कमजोर हुन्छ र निराशा हावी हुन थाल्छ। तर जब सोच सकारात्मक हुन्छ, तब कठिन परिस्थितिमा पनि आशा, धैर्य र आत्मविश्वास कायम रहन्छ।

सकारात्मक सोचले मात्र आफ्नो जीवनमा परिवर्तन ल्याउँदैन, समाज र राष्ट्रमा पनि प्रेरणा फैलाउँछ। नेताहरू, शिक्षकहरू, विद्यार्थी वा सामान्य नागरिक-सबैका लागि सकारात्मक मनोवृत्ति अनिवार्य गुण हो।यस यात्रामा ध्यान, आत्मअनुशासन, आभार व्यक्त गर्ने बानी र अरुप्रति सहानुभूति आवश्यक उपकरण हुन्।

जब हामी सकारात्मक सोचका साथ अघि बढ्छौं, हामीले सामना गर्ने हरेक चुनौती अवसरमा रूपान्तरण हुन थाल्छ।त्यसैले, जीवनको हरेक मोडमा सकारात्मक सोच र मनोवृत्तिको विजय यात्रालाई अंगालौं, र सफल, सन्तुलित, र प्रेरणादायी जीवन निर्माण गरौं।

वास्तविक र प्रभावकारी सकारात्मक सोचले सार्वजनिक जीवनमा साँच्चै ठूलो सकारात्मक प्रभाव पार्छ। सकारात्मक सोचको शक्तिले हामीलाई आफ्नो लक्ष्यमा प्रतिबद्ध बनाउँछ। परिस्थिति जस्तोसुकै भए पनि प्रत्येक व्यक्तिले आफूमा सकारात्मक सोच उत्पन्न सिर्जना गर्न सक्छ।

सकारात्मक सोचका चिन्तकहरूले परिस्थितिलाई यथार्थमा हेर्ने प्रयास गर्छन्। आफूले जे सोचिन्छ, जेमा विश्वास गरिन्छ त्यो हुन्छ। त्यसैले असल सोचियो, भने नतिजा असल हुन्छ र जीवन सफल बन्दै जान्छ अनि खराब सोचियो भने नतिजा खराब नै हुन्छ र जीवन असफल बन्दै जान्छ।

मनलाई खुसि बनाउन सकारात्मक सोच राख्न आवश्यक हुन्छ। मनलाई सकारात्मक सोच ल्याउन प्रशिक्षण दिने तथा नकारात्मक विचारहरु मनबाट हटाउनुपर्छ । नकरात्मक भावनालाई मनदेखि हटाएर आफ्नो मनमा भएको तनाव कम गर्नुपर्छ।

सोचकै कारण मानिस सकारात्मक हुन्छ । नकरात्मक सोचका कारण व्याक्ति व्याक्तिमा मनमुटाव, साथीभाईमा झै-झगडा, छरछिमेकीसँग झगडा, बिभिन्न किसिमका द्वन्द्व भएका छन्।

सामान्य झगडादेखि विश्वयुद्धसम्म नकरात्मक सोचका कारण भएका हुन् । त्येसैले प्रत्येक मानिसहरुमा सकारात्मक सोच हुन जरुरी छ। सोच नकारात्मक भयो, अनावश्यक शंका गरियो भने त्यसले सिङ्गो परिस्थिति बिगार्छ। नामले मात्र कोही पनि महान् हुँदैनन् कामले महान् बन्नुपर्छ।

सकारात्मक पक्षहरू सामञ्जस्य, विश्वास, अभय, सहिष्णु, मृदुता, श्रद्धा, निष्ठा, सहयोग, इमानदारी, दया, करुणा, सत्य आदि सद्गुणले आचार व्यवहारमा प्रभावकारीता ल्याई सार्वजनिक सेवा प्रदायकहरुको व्यक्तित्व उत्साही, आशावादी, प्रसन्न, तनावमुक्त, विनम्र, सहृदयी, सहानुभूतियुक्त, अनुशासित बनाइदिन्छ।

नकारात्मक भावनाले प्रशासकहरुको आदर्श जीवन गुमाउन पुग्छ र दुःखी बनाइदिन्छ तर सकारात्मक भावनाले सार्वजनिक  जीवनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बनाइदिन्छ । यसका साथै, सकारात्मक भावनाले प्रशासकहरुको आन्तरिक शक्ति बढाउँछ र सार्वजनिक जीवनलाई आदर्श बनाइदिन्छ।

भय, घृणा, लोभ, आग्रह र द्वेष जस्ता नकारात्मक भावनाले मानसिक स्थिति ह्रास पारी र्सावजनिक जीवनलाई असन्तुलित बनाउँछ । यसले तनाव, निराशा, असफलता, दुःख, रुग्णता, दरिद्रता, असन्तोषबाहेक केही दिँदैन । यसले सार्वजनिक जीवनको उद्देश्य र मानवीय सम्बन्धमा नकारात्मक प्रभाव पुर्‍याउँछ। यसको विपरीत, सकारात्मक भावनाहरूले हाम्रो जीवनमा नयाँ दृष्टिकोण ल्याउँछ ।

नकारात्मक सोच जस्तै भय, घृणा, ईष्र्या, लोभ र असत्यले मानिसको व्यक्तित्वमा दुर्बलता, क्रूरता र तनाव ल्याउँछ, जसले जीवनलाई दुःखी र कठिन बनाउँछ। यसको परिणामस्वरूप निराशा, कुण्ठा, र असफलताले भरिपूर्ण हुन्छ।

तर, सकारात्मक सोचले मानिसलाई आत्मविश्वासी, सफल र खुशी बनाउँछ। सकारात्मक सोचले जीवनका कठिन मोडहरूमा पनि खुशी र उत्साह राख्न सकिन्छ। सकारात्मक सोचले व्यक्तिलाई आफ्नो लक्ष्यमा पुर्याउँछ र अरुको मन जित्नमा मद्दत पुर्याउँछ। यसले जीवनलाई सहज र सफल बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

सकारात्मक भावनाले आत्मिक शक्तिलाई प्रेरित गरी,सार्वजनिक जीवनलाई अनुशासित र सन्तुलित जीवन जीउनमा मद्दत पुर्याउँछ । सकारात्मक भावनाहरूले सार्वजनिक जीवनमा सन्तोष, समृद्धि, शान्ति र नैतिकता ल्याइदिन्छ।

यसले हामीलाई परिवार, समाज अनि संगठनका साथीहरूसँग रमाइलो तथा सहज वातावरण बनाइदिन्छ । यसका अतिरिक्त यसले सार्वजनिक जीवनलाई सकारात्मक दिशामा अघि बढाइदिन्छ।

सकारात्मक भावनाको महत्वलाई थाहा पाएर मनन गरी जीवनमा लागू गर्दा सार्वजनिक जीवनमा सन्तुलन र सफलता ल्याइदिन्छ । जसले सार्वजनिक जीवनलाई आन्तरिक शक्ति सबल बनाई आनन्दको अनुभूति गराइदिन्छ, सधैँ स्वच्छ र ताजगी तुल्याइदिन्छ । यसले सार्वजनिक जीवनलाई सधैँ सुखी बनाउँछ र अरूलाई पनि प्रेरित गर्दछ ।

सकारात्मक सोचले मष्तिस्कमा सकारात्मक ऊर्जा प्रवाह गर्छ। अनि मानिस पूर्ण सक्रियताका साथ असल काम गर्छ, त्यसलाई निरन्तरता दिइरहन्छ अनि सफल हुन्छ । बिजुली बल्बका आविष्कारक थोमस एल्भा एडिसन सकारात्मक सोच र निरन्तर अभ्यासकै कारण सफल भए।

जसले नौ सय उनान्सय पटकसम्म असफल हुँदा पनि हरेस खाएनन् र अन्त्यमा सफल भएरै छाडे, किनभने उनीसँग सकारात्मक सोचको दिव्य दृष्टि थियो। उनी हरेक परीक्षणमा केही न केही प्रतिशत सफल भएको थाहा पाइरहन्थे र उत्साहित भइरहन्थे।

योग, व्यायाम गर्दा, स्वस्थ गुणस्तरीय खाना खाँदा, पर्याप्त आराम गर्दा वा निद्रा लिँदा, प्रसन्न भाव राख्दा, असल मानिसको सङ्कत गर्दा, राम्रा पुस्तक पढ्दा, प्राकृतिक सुन्दरताले भरिपूर्ण रमाइला स्थानको भ्रमण गर्दा मस्तिष्कमा ऊर्जा भरिइरहन्छ।

त्यसैले हामीले यस्ता काम गरिरहनुपर्छ । यस्ता कामले हाम्रो भावनात्मक बुद्धि क्षमता बढाउँछ र जुनसुकै परिस्थितिमा पनि विवेकसम्मत तरिकाले काम गर्न सक्षम बनाउँछ।

हामी सकारात्मक सोचले भरिन सक्यौं भने नकारात्मक सोचले ठाउँ लिन सक्दैन । सकारात्मक प्रशंसा गर्ने बानी भयो भने हाम्रो सोचाइ सकारात्मक हुन्छ। हाम्रो सकारात्मक सोच दृष्टिकोणले समाजलाई सकारात्मक प्रभाव पार्छ।

साथी भाइहरु सँग मिठो कुरा गरि बसेमा मन खुसी हुन्छ । सकारात्मक कुराले शरिरमा तरंग पैदा हुन्छ ।साथि भाईहरुको उन्नति प्रगतिमा खुसी हुने मन,सधै सबैको भलो सोच्नुपर्छ।

यसको सम्बन्ध हाम्रो मन सँग हुन्छ। तब मानिस खुसि हुन्छ।जव उस्ले माया, प्रेम,स्नेह, इज्जत सबै कुरा बचाएर राख्छ ।सम्मान जनक र इज्जतदार जिन्दगि जिउनुको मज्जा बेग्लै हुन्छ ।जीवनमा संघर्ष जति बढी हुन्छ, त्यति धेरै सिकाई पनि हुँदो रहेछ

मानिसको मन आत्मा देखि खुसी बनाउने माध्यम तथा मस्तिष्कमा सकारात्मक सोचबाट वास्तविकतामा परिबर्तन गर्न सक्ने शक्ति हुन्छ ।त्यसलाई सबैले स्विकार गर्नुपर्छ ।अधिक आनन्द, खुसी र तुलनात्मक रूपमा राम्रो स्वास्थ्य हुन्छ।

यसले तनावको स्तर कम गर्न मद्दत गर्दछ। प्रत्येक प्रशासकहरुको आफुले चाहेका कुरा हासिल गर्न आफ्नो मनबाट सोच्छ मनबाट सोचेर काम गरेर सफल हुन्छ। नकारात्मक सोच भएका व्यक्तिदेखि सिंगाे समाज, राष्ट्र र विश्वलाई यसले प्रभाव पार्दो रहेछ।

सकारात्मक सोचले जीवनलाई उज्यालो ,खुसी र सफल बनाउँछ। सकारात्मक सोच राख्नु मानिसको एक कला हाे। अरुको हितको बारेमा कार्य गर्दा मनदेखि खुसी भएर गर्नुपर्छ। मनलाई खुसी बनाउन सकारात्मक सोच राख्न आवश्यक हुन्छ।

मनलाई सकारात्मक सोच ल्याउन प्रशिक्षण दिने तथा नकारात्मक विचारहरु मनबाट हटाउनु पर्छ। नकरात्मक भावनालाई मनदेखि हटाएर आफ्नो मनमा भएको तनाव कम गर्नुपर्छ। सोचकै कारण मानिस सकारात्मक हुन्छ।

नकरात्मक सोचका कारण व्याक्ति व्याक्तिमा मनमुटाव,साथी भाइमा झै-झगडा,छर छिमेकि सँग झगडा, बिभिन्न किसिमका द्वन्द्व भएका छन्। सामान्य झगडादेखि बिश्वयुद्धसम्म नकरात्मक सोचका कारण भएका हुन्।

त्यसैले प्रत्येक मानिसहरुमा सकारात्मक सोच हुन जरुरी छ। सोच नकारात्मक भयो, अनावश्यक शङ्गा गरियो भने त्यसले सिंगाे परिस्थिति बिगार्छ । नामले मात्र कोही पनि महान् हुँदैनन् कामले महान् बन्नुपर्छ।

राष्ट्रको नेतृत्व तहदेखि सामान्य नागरिकसम्म सबैले सकारात्मक सोच राख्न जरुरी छ। सोच परिवर्तन नगरी व्यवहार, जीवन र समाज रूपान्तरण सम्भव हुँदैन। नेतृत्वमा पुगेकाहरू सकारात्मक धारणा राखेमा राष्ट्र विकास सम्भव हुन्छ। सकारात्मक सोचले राम्रो परिणाम ल्याउँछ, र समाजमा आशावादी वातावरण सिर्जना गर्छ।

व्यक्तिको आत्मविश्वास, विचार, योजना र कार्यमा सकारात्मक दृष्टिकोणको प्रयोग सफलता प्राप्तिको मूल आधार हो। यस्ता सोच र बानी अभ्यासद्वारा मात्र आउँछन्।

सबै कर्म अनुकूल नहुन सक्छन्, तर त्यसलाई स्वीकार्न सक्ने मानसिक शक्ति सकारात्मक सोचले दिन्छ। हाम्रो समाजमा फैलिएको निराशा र असन्तुष्टिलाई सकारात्मक दिशातर्फ मोड्नु आजको आवश्यकता हो।

सकारात्मक सोच व्यक्तिको व्यवहार, आचरण र निर्णयमा असर पार्छ। यसले मानसिक शान्ति, आत्मबल र जीवन प्रति उत्साह जगाउँछ। नकारात्मक सोचले तनाव, असफलता ल्याउँछ भने सकारात्मक सोचले आत्मविश्वास र स्वास्थ्य सुधार गर्छ।

ध्यान, योग, प्राणायाम जस्ता अभ्यासहरूले सकारात्मक ऊर्जा बढाउँछ। प्रशंसा, कृतज्ञता, र दानी भावना सकारात्मक सोचको मूल स्रोत हुन्। प्रशासक, नेता वा सामान्य व्यक्ति सबैले सकारात्मक सोच अपनाएर नैतिकता, स्वाभिमान र प्रेरणाले युक्त जीवन बिताउन सक्छन्।

सकारात्मक सोच कसैबाट उधारो लिने कुरा होइन, यो हामीभित्रकै शक्ति हो। हाम्रो विचार, दृष्टिकोण र व्यवहारबाट नै हाम्रो जीवन र समाज निर्देशित हुन्छ। त्यसैले सोच सकारात्मक बनाउँ, व्यवहार असल राखौं, अनि जीवनलाई सफल र अर्थपूर्ण बनाऔँ।

हामी सकारात्मक सोचले भरिन सक्यौं भने नकारात्मक सोचले ठाउँ लिन सक्दैन। सकारात्मक प्रशंसा गर्ने बानी भयो भने हाम्रो सोचाइ सकारात्मक हुन्छ।  हाम्रो सकारात्मक सोच दृष्टिकोणले समाजलाई सकारात्मक प्रभाव पार्छ।

साथीभाईहरुसँग मिठो कुरा गरि बसेमा मन खुसि हुन्छ । सकारात्मक कुराले शरिरमा तरंग पैदा हुन्छ । साथीभाइहरुको उन्नती प्रगतीमा खुसि हुने मन, सधैँ सबैको भलो सोच्नुपर्छ। खुसि कुनै बजारमा बेच्न राखिएको चिज होइन।

यसको सम्बन्ध हाम्रो मनसँग हुन्छ । तब मानिस खुसि हुन्छ । जब उसले माया, प्रेम, स्नेह, इज्जत सबै कुरा बचाएर राख्छ । सम्मानजनक र ईज्जतदार जिन्दगी जिउनुको मज्जा बेग्लै हुन्छ । जीवनमा संघर्ष जति बढी हुन्छ, त्यति धेरै सिकाई पनि हुँदो रहेछ।

मैले त्यस बखत जिन्दगीमा धेरै कुरा सिक्ने अवसर पाए । जीन्दगीका यी संघर्षका अनुभवले धेरै कुरा सिक्ने मौका मिल्दै जान्छ । धेरै मानिसलाई चिन्ने अवसर पनि मिल्छ । जिन्दगीको एउटा भिन्न अनुभव थियो, त्यो जसले मलाई संघर्ष गर्न सिकायो।

समय बलवान छ, मान्छेहरु समयभन्दा बलवान त हुनै सक्दैनन्। कुनै पनि चिजको समय नआएर केही पनि नहुने रहेछ । समयसँगै जिन्दगीका अनुभवहरु फरक हुन सक्छन् । हरेक कुराहरु सकारात्मक रुपमा लिनुपर्छ, यसबाट अझै संघर्ष गरि मनबाट सोचेर अघि बढन सिकाउँछ।

मानिसका आफ्ना कथा व्यथा होलान बिभिन्न सोचहरु मनमा होलान् । जीवन सहज रुपले चलाउन मनबाट सोच पैदा होलान् । समाजलाई परिवर्तन गर्ने सोचहरु होलान् । समाजमा सकारात्मक प्रभाव पार्ने जनचेतनामुलक कार्यहरु गर्नुपर्छ।

मान्छेले आत्तिनु हुँदैन कहिल्यै, जीन्दगी संघर्ष हो, स्वीकार्नै पर्छ, जीन्दगी चुनौती हो सामना गर्नैपर्छ । वर्तमानका महत्वपूर्ण र सान्दर्भिक कुराले मात्रै जीन्दगीमा अर्थ राख्छ ।

जीवनमा सफल बन्न ज्ञान या दक्षता मात्र पर्याप्त हुँदैन; आत्मबल, दृढ निश्चय, र आशावादी मनोवृत्ति पनि आवश्यक हुन्छ। सकारात्मक सोचले मानसिक सन्तुलन दिन्छ, आत्मविश्वासले आत्मबल दिन्छ र यी दुवै मिलेर सफलताको बाटो खोल्छन्।

यसैले, जीवनमा सफल बन्न हामीले नकारात्मकता त्याग्नुपर्छ, आशावाद अपनाउनुपर्छ र आत्ममाथि दृढ विश्वास राख्नुपर्छ। जब हामी भित्र आत्मविश्वासको ज्योति बल्छ र सोच सकारात्मक बन्छ, तब जीवन आफैं सफलताको यात्रामा अघि बढ्छ।

सकारात्मक सोच बनाउनका लागि सधैँ अभ्यास गर्नुपर्छ। जीवनमा सबै कर्म र जिम्मेवारी चाहे अनुरूप नहुन सक्छन् तर त्यसलाई सही देख्ने र स्वीकार गर्न सक्ने क्षमता सकारात्मक सोचले विकास गर्छ। मन मस्तिकबाट सकारात्मक बाटोमा हिड्नुपर्छ।

हाम्रो समाजमा नकारात्मक कुराहरु, गुनासाहरु, असन्तुष्टी र निराशाले बनेको नकारात्मक सोचलाई सकारात्मक सोचमा बदल्नुपर्छ ।सकारात्मक सोच हाम्रो समाज र हाम्रो जिवनको अभिन्न अंग हो।

आफ्नो जिन्दगी र आफूले गरेका सकारात्मक कार्यको मुल्याङकन गर्नुपर्छ। सकारात्मक सोचले जिन्दगी परिवर्तन गर्न सक्छ । सकारात्मक सोच बनाउन बौद्धिक कितावहरु पढाउने र पढ्ने गर्नुपर्छ । ब्यक्तिको सोचाईले उस्को जीवनस्तर निर्धारण गर्दछ।

सकारात्मक सोचाईले कर्म आचरणमा सुधार ल्याउनुका साथै ज्ञानी बनाईदिन्छ, सकारात्मक सोचाईले प्रगती, उन्नती र विकासको नतिजा ल्याउँछ । यो जगतमा सकारात्मक सोचको धेरै ठूलो महत्व छ।

हामीहरुले आफ्ना समस्याको समाधान सकारात्मक तरिकाले गर्नुपर्छ। हरेक ब्याक्तिको मनोभावना र शैली सकारात्मक हुनुपर्दछ । जबसम्म हामीले आफ्नो सोच र दृष्टिकोणमा परिवर्तन गर्दैर्नौं। सबैको सोच सकारात्मक हुन आवश्यक छ।

( उप्रेती नेपाल सरकारका उपसचिव हुन् । )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *