प्लास्टिक सर्जरी एकसय प्रतिशत नै सफल हुन्छ भन्ने हुँदैन : डा.जसवन शाक्य

डिसी नेपाल
२५ जेठ २०८२ ११:३४

शरीरमा गरिने प्लास्टिक सर्जरीको कुरा गर्दा यसको महत्वबारे बुझनुपर्छ। वास्तवमा ‘प्लाष्टिक’ भन्ने शब्द ग्रिक हो। शरीरको कुनैपनि भागको छाला वा मांसपेशी बिग्रिएकालाई बनाउने र प्लास्टिक जस्तै मोड्ने भएकाले प्लास्टिक सर्जरी भनिएको हो। यसमा कुनै प्लाष्टिकको प्रयोग हुँदैन।

प्लास्टिक सर्जरी सामान्य दुई प्रकारका हुन्छन्। एउटा रिक्रस्टक्टिभ(पुनसंरचनात्मक) सर्जरी र अर्को कस्मेटिक सर्जरी हो। प्लास्टिक सर्जरीमध्ये कस्मेटिक र रिक्रस्टक्टिभ (पुनर्संरचनात्मक) सर्जरीमा थोरै भिन्नता छन्।

पुनसंरचनात्मक सर्जरीमा आगोले पोलेर अंगभंग भएको वा दुर्घटना भएर शरीरहरु बिग्रेको अथवा जन्मजात समस्या भएको शरीरको बाहिरी भागमा र क्यान्सर भएर शरीरको कुनै अंग फाल्नुपर्ने समस्यामा पुनर्संरचनात्मक सर्जरी गरिन्छ।

कस्मेटिक सर्जरी भनेको चाहीं शरीर चित्त नबुझेर राम्रो बनाउनका लागि प्रयोग गरिन्छ। कुनै सानो लागेर ठूलो बनाउने वा ठूलोलाई सानो बनाउने कामलाई कस्मेटिक सर्जरी भनिन्छ।

सामान्य रुपमा दुई प्रकारका सर्जरी चल्तीमा छन्। यसमा पुनसंरचनात्मक(रिक्रस्टक्टिभ) चाहीं बाध्यात्मक सर्जरी हो। जसमा आगोले पोलेर वा दुर्घटना भएर वा जन्मजात नै अंगमा समस्या भएमा त्यसमा रिक्रस्टक्टिभ सर्जरीको विधि अपनाइन्छ।

ओठ, तालु फाटेको, औंलाहरु टाँसिने वा ६ वटा हुने जस्ता समस्यालाई चाहीं पुनःसंरचनात्मक सर्जरी गर्नुपर्छ। यिनीहरु बाध्यात्मक सर्जरी हो। यस्तो सर्जन गराउनेहरुलाई जीवन सहज हुन्छ। तर कस्मेटिक सर्जरी राम्रो बनाउनलाई गरिने भएकाले उसको दैनिकीमा पनि केही फरक पर्दैन। नितान्त रुपमा आफूलाई राम्रो बनाउन गरिने भएकाले यसलाई कस्मेटिक सर्जरी भनिन्छ।

जुनसुकै सर्जरीमा पनि अलिकति साइड इफेक्ट देखिन्छ। त्यसलाई कसरी मिनिमाइज गर्ने भन्ने कुरा सर्जनको हातमा भर पर्छ। उसको अनुभव र ज्ञानको आधारमा साइड इफेक्टलाई मिनिमाइज गराउन सकिन्छ।

कस्मेटिक सर्जरीले पूरै अनुहार वा शरीरको भाग परिवर्तन गर्ने भन्ने हुँदैन। भएकालाई अलिकति मात्र परिवर्तन गर्ने हो। पूरै अनुहार नै परिवर्तन गर्ने भन्ने हुँदैन। जुनसुकै सर्जरीमा पनि अलिकति साइड इफेक्ट हुन्छ।

साइड इफेक्टलाई कसरी मिनिमाइज गर्ने भन्ने कुरा सर्जनको हातमा भर पर्छ। उसको अनुभव र ज्ञानको आधारमा साइड इफेक्टलाई मिनिमाइज गर्न सक्छ। यो सुरक्षित छ तर कुनैपनि सर्जरी सतप्रतिशत अर्थात एकसय प्रतिशत राम्रो हुन्छ भन्ने हुँदैन्।

कस्मेटिक सर्जरीको कुरा गर्दा केका लागि गराउने, अपेक्षा के हो, के चाहनुहुन्छ वा परिणाम के हो भन्नु कुरा बुझन जरुरी छ। र सर्जरी गर्नु अगाडि अपरेसन गर्ने डाक्टरले सर्जन गराउने व्यक्तिको चाहनालाई कतिको बुझेको छ त्यो व्याख्या गर्न जरुरी छ।

यो दुवै जनाको कुरा अपरेसन हुनुभन्दा अगाडि राम्रोसँग परामर्श भयो भने जटिलताहरु कम हुनजान्छ। तर परामर्श भएन वा सर्जनले बुझाउन सकेन र अपरेसन गराउने मान्छेले पनि बुझ्न सकेन भने अप्ठ्यारो परिस्थिति आउन सक्छ।

कसैको इच्छा हुनसक्छ अरुको राम्रो अनुहार देखेर आफ्नो पनि त्यस्तै अंग चाहियो भन्नुहोला तर अपरेसन उस्तै हुन्छ या हुँदैन थाहा हुँदैन। र गर्न मिल्छ मिल्दैन सर्जनलाई थाहा हुन्छ। उसले बुझाउनुपर्ने हुन्छ। दुवै पक्षको जनाको मिलेन भने समस्या आउँछ।

प्लास्टिक सर्जरी विग्रिने वा नविग्रिने भनेको सर्जनको हातको कुरा हो। सर्जनको अनुभवमा भर पर्छ। अनि विग्रेको कसलाई भन्ने कुरा पनि आउँछ। जस्तै अपरेशन गराउने मान्छेको सोचेको जस्तो अप्रेसन रिजल्ट आएन भने विग्रियो कि भन्ने सोच आउन सक्छ। तर त्यो अपरेशन विग्रिएको हुँदैन। अपरेशन गर्नेलाई चित्त नबुझेको मात्रै हो। प्लास्टिक सर्जरीमा धेरै यस्ता कुराहरु आउँछन्।

प्लास्टिक सर्जरी विग्रियो भने त्यसलाई मिलाउन सकिन्छ। सर्जरी गरेको मान्छेको चाहना अनुसार अझै परिवर्तन गर्न सकिन्छ। यस्ता कुरा सबै सर्जनको हातमा भर पर्छ। प्लास्टिक सर्जरी एकसय प्रतिशत नै सफल हुन्छ भन्ने हुँदैन। केही प्रतिशत हुन्छ। त्यसमा खर्चको पनि कुरा आउँछ। सर्जरी गराउन करिब २० हजारदेखि लिएर चार लाखसम्म खर्च हुनसक्छ। कुन चाँही अपरेशन गर्ने भन्ने कुरा प्रमुख हो।

अनुहारको सर्जरी गर्दा आँखाको केही भाग बनाउने, आइब्यागहरु हटाउने, नाकको सर्जरी गर्ने, फेसलिप्ट सर्जरी गर्ने, ओठको साइजहरु घटाउने जस्ता सर्जरीहरु बढी भइरहेका हुन्छन्। नेपालमा सबैभन्दा धेरै हुने भनेको आइलिड सर्जरी हो। आइलिड सर्जरी ५० हजारदेखि सुरु हुन्छ नेपालमा।

प्लास्टिक सर्जरीपछि व्यक्तिलाई लाभ कसरी हुन्छ भने उसले सर्जरी के को लागि गराउन खोजेको हो त्यसमा निर्भर हुन्छ। आफूले भनेजस्तो भयो भने त्यसमै सन्तुष्टि हुनसक्छ। साइड इफेक्ट हुने भयो भने सर्जनले सर्जरी नै गर्दैन।

कुनै कुनै अपरेसनको कम्लिकेसन हुनसक्छ। सबैभन्दा सस्तो भनेको बाध्यात्मक सर्जरी हो। जसले मानिसको जिविकोपार्जनका लागि सहजिकरणको गरिदिन्छ। कस्मेटिक सर्जरी चाहीं राम्रो बन्नको लागि हो त्यसैले अलि महंगो पर्छ।

हरेक सर्जरीका हेरचाह गर्ने आ-आफ्नै विधिहरु छन्। अपरेशन गरिसकेपछि सिकाएर पठाउने गरेका छौं। छालाको कसरी स्याहार गर्ने, औषधि प्रयोग गर्ने तौर तरिका अपरेशन अनुसार नै फरक हुन्छन्।

सर्जरी गरिसकेपछि खानपानले अलिकति फरक पार्छ। चुरोट खाने मान्छेलाई जुनसुकै सर्जरी गर्दाखेरि पनि घाउ निको नहुने समस्या आउन सक्छ। जाँडरक्सी खाने मान्छेको पनि घाउ निको हुन समय लाग्छ। यो हरेक अपरेशन अनुसार फरक हुन्छ।

अपरेशन गरिसकेपछि कसरी स्याहार गर्ने भन्ने कुरा महत्वपूर्ण छ। जुनैपनि सर्जरी गर्दापनि कुनै अप्ठ्यारो भयो भने तुरुन्तै अपरेसन गर्ने डाक्टरलाई भेटिहाल्नुपर्छ। यो बाहेक अरु उपाय केही छैन।

टाँका काट्नुभन्दा अगाडि फुस्क्यो र टाँका फुस्कियो वा रगत बग्न थाल्यो अथवा इन्फेक्सनको संकेतहरु देखिन थाल्यो भने तुरुन्त डाक्टरलाई भेट्नुपर्छ। उपचार सुरु गरिहाल्नुपर्छ। नत्र यसले ठूलो समस्या निम्त्याउन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *