शारीरिक सुगठन टोली आज भुटान जाँदै

डिसी नेपाल
२८ जेठ २०८२ ८:२३

काठमाडौं । भुटानमा हुने १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भुटान जाने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुने ५ खेलाडीसहित १० सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

आज (जेठ २८)देखि असार १ गतेसम्म प्रतियोगिता भुटानको थिम्पुमा हुँदैछ । खेलाडीमा शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुरी रहेका छन् ।

अफिसियलमा दिनेशकुमार राजभण्डारी, व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *