जंगी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी

डिसी नेपाल
२९ जेठ २०८२ २१:५०
36
Shares

काठमाडौं। साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’ सम्पन्न गरेको छ।

जंगी अड्डामा आज प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौँ संस्करणको एक दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी– २०८२’ सञ्चालन गरिएको हो।

सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाले जोखिमसमेत बढाएको परीप्रेक्ष्यमा उक्त गोष्ठी सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।

दुई चरणमा सञ्चालित गोष्ठीमा सरकारका विभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो। साइबर सुरक्षासम्बन्धी विषय विज्ञद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीबीच अन्तरक्रिया तथा अभ्याससमेत सञ्चालन गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *