भिजिट भिसा प्रकरणमा छानबिन आयोग नबनेसम्म आन्दोलन जारी रहन्छः रास्वपा

डिसी नेपाल
३० जेठ २०८२ १९:१८
136
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको छ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपाका नेताहरुले भिजिट भिसा प्रकरणमा गम्भीर मानवतस्करीसंग जोडिएको विषय भएकाले उच्चस्तरीय छानबिन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको हो।

रास्वपा सांसद डा.स्वर्णीम वाग्लेले भिजिट भिसा प्रकरणमा माओवादी र सत्तापक्षबीच भएको सहमतिमा छानबिन आयोग बन्न ठोस प्रतिबद्धता नआएकाले समर्थन जनाउन नसकिएको बताए। भिजिट भिसा प्रकरणमा कुनै पनि दलहरुको गाम्भीर्यता नदेखिएको उनले बताए। उनले दलहरुबीच भएको दुई बुँदे सहमति उधारो सम्झौता रहेकाले रास्वपा सहभागी हुने कुनै गुञ्जायस नै नरहेको धारणा राखे।

रास्वपाका अन्य सांसदहरुले पार्टी एक्लै भएपनि भिजिट भिसा प्रकरणलाई नछाड्ने स्पष्ट पारेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *