आज दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति बैठक आज बस्ने भएको छ।
शनिबार बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिँदैछ।
यसैगरी दिनको २ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। उपसचिव सावित्रा शर्माका अनुसार आजको बैठकमा सर्वोच्च अदालतका न्यायाधिश र न्याय परिषद्को सदस्यको संसदीय सुनुवाइ प्रारम्भ गरिनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment