चितवन मेघौलीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

डिसी नेपाल
२ असार २०८२ ६:५३

चितवन। चितवन जिल्लाको भरतपुर महानगरपालिका-२८ मेघौलीस्थित सेराइ होटल नजिकको राप्ती खोलामा माछा मार्न गएका एक पुरुषलाई गैँडाले आक्रमण गर्दा मृत्यु भएको छ।

आइतबार साँझ करिब ७ बजे ६० वर्षीय जंगे कुमाललाई गैँडाले आक्रमण गरेको थियो। घाइते अवस्थामा रहेका कुमाललाई तत्कालै मेघौली सेराई र प्रहरी टोलीको सहयोगमा उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा राति ९:०५ बजे को समयमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी सहायक निरीक्षक विनोद अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *