डिजिटल यातायात प्रवर्द्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार

डिसी नेपाल
६ असार २०८२ १२:०४

एजेन्सी। चीनले स्मार्ट प्रविधिको प्रयोग गरी पाँच किलोमिटरभन्दा बढी राजमार्गको स्तरोन्नति गरेको छ।

स्तरोन्नति गरिएका ति राजमार्ग राष्ट्रिय परियोजनाको एक हिस्सा भएको जनाइएको छ। जसले लगभग ५४,००० किलोमिटर राजमार्ग र ७,५०० किलोमिटर जलमार्ग सहित ६०,००० किलोमिटरभन्दा बढी यातायात मार्गहरू समेट्ने यातायात मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

उक्त सडकहरु एआई प्रविधिमा आधारित रहेको जनाइएको छ। उच्च प्रविधियुक्त स्तरोन्नतिले ट्राफिक दक्षता र व्यवस्थापनमा लगभग २० प्रतिशतले सुधार गर्ने जनाइएको छ।

यस्तो किसिमको स्तरोन्नतीले सबैखाले मार्गहरुलाई यातायात कोरिडोरहरूको कनेक्टिभिटी बढाउन प्राथमिकता दिइएको छ।

(सीसीटीभीप्लस)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *