मोटरसाइकल दुर्घटनामा तीन जना घाइते
नुवाकोट। नुवाकोटको विदुरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। पासाङल्हामु मार्गको वट्टार-विदुर सडकखण्डस्थित ब्यारेक खोल्सामा दुई वटा मोटरसाईकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।
बिदुरबाट बट्टारतर्फ जाँदै गरेको बा.प्र. ०२०३३प ९८०१ नं.को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बा६ प ५८२९ नं.को अर्को मोटठरसाइकल एक-आपसमा ठक्कर खाँदा तीन जना युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ भने दुबै मोटरसाइकलको अग्रभाग पुर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए। उनका अनुसार दुबै मोटरसाइकल नुवाकोट प्रहरीको नियन्त्रणमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment