द्वन्द्व बढ्दै गएपछि भुमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता

डिसी नेपाल
९ असार २०८२ ११:१७
104
Shares

काठमाडौं। इरान र इजरायलबिच चर्किएको द्वन्द्व बढ्दै गएर खतरा बढ्न थालेपछि तेल अभिभका बासिन्दाहरू भूमिगत पार्किङ स्थलमा आश्रय लिन बाध्य भएका छन्।

दुई मुलुकबीच जारी द्वन्द्वमा भइरहेको क्षेप्यास्त्र आक्रमणको लहरबाट बच्नका लागि त्यहाँका जनताहरुलाई भूमिगत आश्रयहरूमा सुरक्षा खोज्न बाध्य पारेको हो।

संयुक्त राज्य अमेरिकाले आइतबार आफ्नो आणविक स्थलहरूमा आक्रमण गरेको केही घण्टापछि इरानले इजरायलविरुद्ध फेरी क्षेप्यास्त्र आक्रमणको सुरु गरेको छ। इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार, आक्रमणमा कम्तिमा ८६ जना घाइते भएका छन्।

इजरायलको सबैभन्दा ठूला शहरहरू मध्ये एक, तेलअभिभमा रहेको एक शपिङ मलको भूमिगत पार्किङ स्थललाई अस्थायी आश्रय स्थलमा परिणत गरिएको छ। पाल, सुत्ने म्याट र न्यूनतम आपूर्तिहरू सहितको आश्रय स्थलले त्यहाँका जनाताहरुलाई क्षेप्यास्त्र आक्रमणबाट जागाउने छ।

‘सबै कुरा सोमबार राति, पाँच दिन अघि भएको थियो, किनभने सोमबार राति पिन्स्कर स्ट्रिटमा धेरै नजिकै एउटा ठूलो मिसाइल प्रहार भएको थियो। र यहाँ बस्ने धेरै मानिसहरू तेल अभिभ र मध्य तेल अभिभमा के भइरहेको छ र त्यो सबै कुराबाट धेरै डराए। हामीले यी धेरै पार्किङ स्थलहरूको तस्बिरहरू पायौं जुन आश्रयस्थल बनेका थिए।

यो आश्रय स्थलले मंगलबार भएको मिसाई आक्रमण बाट करीब १ हजार जना स्थानियलाई सुरक्षित बनाएको छ,’ इफ्रेम नामक एक शरणार्थीले भने।

‘इरानको आक्रमणको कारण बाहिर खतरा छ। त्यसैले मेरो फ्ल्याट पनि असुरक्षित छ त्यसबाट बच्नकालागि यो जटिल परिस्थितिमा मैले यहाँ बस्ने निर्णय गरें। यहाँ म बढी सहज महसुस गर्छु किनभने यो सुरक्षित ठाउँ हो। यद्यपि यो भूमिगत पार्किङ हो र यहाँ हामीसँग धेरै मानिसहरू छन् जसले एकअर्कालाई मद्दत गर्छन्,’ स्थानीय बासिन्दा मारिनाले भनिन्।(सीसीटीभीप्लस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *