गाजा पट्टीमा युद्ध समाप्त गर्न नेतन्याहूलाई ट्रम्पको दबाब

डिसी नेपाल
१३ असार २०८२ ७:३८
324
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न दबाब दिएका छन्।

यो दबाब इरानविरुद्धको १२ दिने युद्धको सफलतापछि आएको हो। यद्यपि, इजरायल र हमासबीच चलिरहेको युद्धविराम र बन्धक सम्झौता वार्तामा संलग्न मध्यस्थकर्ताहरूले त्यसमा कुनै प्रगति नभएको बताएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपतिको युद्ध समाप्त गर्ने योजनाको हिस्साको रूपमा नयाँ देशहरू अब्राहम सम्झौतामा सामेल हुने र इजरायलले भविष्यमा प्यालेस्टाइनी राज्यलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव छ।

गाजाको पुनर्वास योजनाको हिस्साको रूपमा, इच्छुक बसाइँ सर्न चाहने गाजाका स्थानीलाई केही देशहरूले स्वीकार गर्ने पनि उल्लेख छ।

अरब राष्ट्रहरूले इजरायलले प्यालेस्टाइन अथोरिटीलाई गाजामा शासन अधिकार दिने र भविष्यमा दुई राज्य समाधानको बाटोको रूपमा स्वीकार नगरेसम्म उनीहरू गाजाको युद्धपछिको पुनर्वासमा भाग नलिने बारम्बार जोड दिएका छन्। यो मागलाई नेतन्याहूले हालसम्म पूर्णरूपमा अस्वीकार गरेका छन्।

योजनाको एक हिस्साको रूपमा, ट्रम्प र नेतान्यहूले प्यालेस्टाइन अथोरिटीले आफूलाई सुधार गरेमा भविष्यमा दुई राज्य समाधानलाई समर्थन गर्नेमा सहमति जनाएको बताइएको छ। तर, यसको बदलामा अमेरिकाले प्यालेस्टाइनको वेस्ट बैंकका केही भागमा इजरायली सार्वभौमसत्ताको मान्यता दिनुपर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *