भारी वर्षाका कारण बाढी र पहिरोमा परी ३० जनाको मृत्यु, ३४ जना बेपत्ता
काठमाडौं । हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता रहेको बताएका छन्।
डीसी राणाले भने, “हिमाचल प्रदेशमा जुन १९ मा मनसुन आइपुगेको थियो। त्यसपछि लगातार पानी परिरहेको छ। बुधबार मन्डी जिल्लामा दश जनाको मृत्यु भयो।”
उनले भने, “जुन २९ र ३० मा सम्पूर्ण क्षेत्रमा भारी वर्षा भएको थियो, जसले गर्दा धेरै क्षति भएको छ। धेरै ठाउँबाट बादल फुटेको र विनाश भएको रिपोर्ट आएको छ।”
हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदीमा बाढी आएको छ, त्यसैले भारत मौसम विज्ञान विभाग (आइएमडी) ले राज्यमा रेड अलर्ट जारी गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment